
बलात्कारमा सजाय भोगीरहेका तीन जना किशोर बिराटनगरस्थित बाल सुधार गृहबाट फरार भएका छन्।
विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका हुन्।
फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू हुन्।
बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो, जसको तीन वर्ष उनी सुधार गृहमै बिताइसकेका थिए।
बाँकी दुई बालक झापा र ताप्लेजुङका रहेका छन्, जो पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा राखिएका थिए।
फरारहरुको खोजी कार्य भैरहेको छ। प्रहरीले पनि खोजी गरिरहेको बताइन्छ।


Leave a Reply