जोखिममा रहेका ८३ बालबालिकालाई सहयोग

आमाबुवा नभएका, अपांगता भएका र अति विपन्न घर परिवारका ८३ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरिएको छ ।

शुभकालिका गाउँपालिका–४ र ५ का ८३ जना अति जोखिममा रहेका बालबालिकालाई सहयोग गरिएको हो । सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको सहयोगमा बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरिएको वितरण गरिएको सहयात्रा तेस्रो परियोजनाका फिल्ड अधिकृत हस्तबहादुर रोकायाले बताए । उनकाअनुसार आइतबार विपन्न र जोखिम बालबालिकालाई प्रतिव्यक्ति झोला, कापी, डटपिन, पेन्सिल, ज्यामिती, विद्यालय पोसाक, टिफिन बक्स, मसिनो चामल १ बोरा, दाल ५ केजी, तेललगायतका सामग्री वितरण गरिएको हो । उनका अनुसार शुभकालिका गाउँपालिका–४ का ३० जना र वडा नं ५ का २० जना अति जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री दिइएको हो ।

यस्तै, शुभकालिका–४ का १८ र ५ का १५ जना अति जोखिममा रहेका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सहयात्रा तेस्रो परियोजनाअन्तर्गत शिक्षा थिममार्फत ४ र ५ मा जम्मा ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस्तै, परियोजनाको बालअधिकार शासन र बालसंरक्षण थिमअन्तर्गत ३२ जना बालबालिकालाई खाद्यान्न वितरण गरिएको राम सुनारले बताए । शुभकालिका गाउँपालिका-४ र ५ मा जम्मा ३ लाख २५ हजार रुपैयाँको खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको संस्थाका प्रमुख राजेन्द्र सहकारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *