नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ सुर्खेतको अध्यक्षमा जयप्रकाश पौडेल (जेपी) चयन भएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघको वीरेन्द्रनगरमा मंगलबार भएको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा विवेक कुमार थापा र रविन्द्र वहादुर शाही , महासचिवमा प्रेम सिंह ठकुरी , सहमहासचिवमा सन्तोष विसी ,कोषाध्यक्षमा देवेन्द्रदेव गिरी निर्वाचित भएका छन् । यस्तै सदस्यमा गणेश डिसी , रमेश आरसी , उमेश खड्का , प्रकास भेदी , टेकवहादुर रुचाल र लोकवहादुर गुरुड चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेल र उपसभापति विण्णु खड्काले प्रमाणपत्र प्रदान गरेका थिए ।
यस्तै नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कर्णाली प्रदेश तदर्थ समितिका संयोजक मोहन प्रकाश आचार्यको सभापत्वि एवं नेपाली कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनसत्रमा बोल्ने बक्ताले व्यवसायिक एकता र पेशागत हकहितका लागि निर्माण व्यवसायीहरु एकजुट भएर लाग्नुपर्ने बताएका थिए । साथै सहभागी वक्ताहरुले पार्टीको नीति र सिद्धान्त विपरित नजान समेत आग्रह गरेका थिए ।



Leave a Reply