नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ ।
नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट ५०० रूपैयाँ र कल्याणकारी कोषबाट ५०० रूपैयाँ थप गरी मासिक एक हजार रूपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।

सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख वीरेन्द्र भट्ट र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरे ।

यस योजनामा सहभागी शिक्षक, कर्मचारी र पालिकाको तर्फबाट जम्मा भएको रकमको आधारमा एकमुस्ट वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *