डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी

डोल्पा जिल्लाको उत्तरी चिनियाँ सीमावर्ती क्षेत्रमा पर्ने उपल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरिएको छ ।

भौगोलिक हिसाबमा जिल्लाकै विकट क्षेत्र मानिने उक्त क्षेत्रमा सरकारले इलाका प्रशासन कार्यालय तयारी गरेको हो । डोल्पो बुद्ध गाउँपालिका-१ मा कार्यालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढेको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् । प्रजिअ महतले भने, उपल्लो डोल्पामा इलाका प्रशासन कार्यालय राख्ने विषयमा गृह मन्त्रालयबाट विवरण माग गरिएको थियो, माग भए बमोजिमका सबै विवरण भरेर पठाइसकेका छौं ।

इलाका प्रशासन कार्यालय स्थापना भएपछि डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकहरू लाभान्वित हुने छन् । तत्कालीन अवस्थामा कार्यालय सञ्चालनका लागि भवन भने डोल्पो बुद्ध गाउँपालिकाले गराउने बताइएको छ । उपल्लो डोल्पाबाट सदरमुकाम झर्नै तीन चार दिन लाग्ने भएकाले नागरिकता, राहदानी, सिम पास लगायतका सरकारी सेवा सुविधा लिन ठूलो समस्या भोग्नु परेको ताक्सीका स्थानीयले गुनासो गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *