धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा तोडफोड तथा झडप गर्ने १० जना विद्यार्थी पक्राउ परेका छन् । विशेष छुटमा नुहाउन पुगेका कक्षा १२ का परीक्षा दिएका परीक्षार्थीहरू आज दिउँसो वाटरल्यान्ड पार्कमा तोडफोड गरेका छन् ।
सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । जनकपुर ढल्केवर सडकखण्ड समेत अवरुद्ध गरेर तोडफोड गर्न थालेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।
तोडफोडमा संलग्न रहेको आरोपमा १० जना विद्यार्थीलाई पक्राउ गरेको छ । ‘अहिले तत्काल १० जनालाई पक्राउ गरिएको छ । हामी सिसिटिभी फुटेजहरू क्यामेराहरू हेर्दैछौँ । त्यसमा कसले के गरेको छ त्यस अनुसार अनुसन्धान गर्दै संलग्नलाई पक्राउ गर्छौं,’ उनले भने ।
डीएसपी यादवका अनुसार, पार्कले नुहाउनका लागि प्रतिव्यक्ति ९०० शुल्क लिने गरेको छ । आज कृष्ण फाउन्डेसनको सहयोगमा प्रचारप्रसारका लागि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूको लागि जनही १०० रुपैयाँ शुल्क मात्र राखिएको थियो ।
तर नुहाउन १५०० देखि २००० विद्यार्थी पुगेपछि क्षमता भन्दा बढी हुँदा उनीहरू तोडफोडमा उत्रेका थिए । त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।
+ There are no comments
Add yours