जन्मदिनमा केसीले बिरामी र बालबालिकालाई सहयोग

 रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ छहरा घर भई हाल अमेरिकामा रहेका भिमराज केसीले जन्मदिनको अवसरमा विपन्न बालबालिका र बिरामीलाई सहयोग गरेर जन्मदिन मनाएका छन् ।

गरिबीका कारण पठनपाठनमा समस्या भएका ६ जना विद्यार्थीलाई शैक्षिक सामाग्रि र आर्थिक अभावका कारण उपचारमा समस्या भएका दुई जना बिरामीलाई नगद रकम प्रदान गरेर केसीले जम्मदिन मनाएका हुन् । केसीले सानीभेरी गाउँपालिका ६ छहरास्थित जनता माविमा कक्षा १ मा अध्ययनरत छात्र कमल केसी, अमरज्योति आवि सल्लिचौरमा कक्षा २ मा अध्ययनरत छात्रा दीपकला विक, लक्ष्मी आवि कोटगाउँमा कक्षा ४ मा अध्ययनरत छात्र धनसिं पुन, पृथ्वी आवि देउताखोलामा कक्षा ४ मा अध्ययनरत छात्र धनबहादुर घर्ती, सानीभेरी–गाउँपालिका ३ को सूर्योदय मावि बेल्टापूमा कक्षा ५ मा अध्ययनरत छात्र कमल नकाल र सानीभेरी गाउँपालिका ९ को राप्ती ज्ञानोदय मावि सिम्लीमा कक्षा १ मा अध्ययनरत छात्रा रिता खड्कालाई पाँच पाँच हजारका कापी, कलम, झोला, लगाएतका शैक्षिक सामाग्रि सहयोग गरेका हुन्।

यसैगरी उनले कलेजोको समस्या भई उपचार गराईरहनुभएका सानीभेरी गाउँपालिका ६ का धनबहादुर घर्ती र हृदयघातका कारण उपचाररत सानीभेरी गाउँपालिका ३ का खडकबहादुर विकलाई जनही १० हजार रुपैयाँ नगद सहयोग गरेका छन्। उनिहरुको उपचारमा सहयोग पुग्ने मनसायले उक्त सहयोग गरिएको हो । शनिवार सानीभेरी गाउँपालिकाको सिम्लीमा पत्रकार नारायण ओलीको सहजीकरणमा उक्त शैक्षिक सामाग्री र नगद हस्तान्तरण गरिएको हो । केसीको उक्त कार्यलाई उदाहरणिय र उत्कृष्ट सामाजिक कार्यका रुपमा चर्चा गरिएको छ । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई जोगाएर यहाँका एक व्यक्तिले सामाजिक कार्यमा खर्च गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *