चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

जुम्ला ।

 जुम्ला गुठिचौर गाउँपालका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङले लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ पाँच बजेति रुखमुनि बसेका बेला चट्याङ पर्दा २१ वटा भेडाबाख्रा मरेका हुन् ।

गुठिगाउँका किसान हिर वहादुर ऐडिका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा चट्याङमा परि मरेको गुठिचौर–२ का पूर्व वडास्य तथा स्थानीय धनवहादुर बोहोराले जानकारी दिए । घरमा ल्याउन रुखमुनि जम्मा गरि राखेको अवस्थामा चट्याङ परेको हो । ऐडिका ५० वटा र रोकायाका ३० वटा भेडाबाख्रा छन् । उनिहरुको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ । चट्याङमा परि भेडाबाख्रा मर्दा किसानहरु दुखि भएका छन् । गुठिगाउँमा रहेका १ सय ७५ घरधुरीका १ सय बढी परिवारले भेडाबख्रा पाल्ने गरेका छन् । गाउँमा करिब ३ हजार ५ सय जति भेडाबाख्रा रहेको बोहोराले बताए । उनका अनुसार एउटै भेडाबाख्राको मुल्य कम्तिमा १० हजार देखि बढीमा २५ हजारसम्म पर्ने गर्दछ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वि क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठुलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ । भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च चलाउनमा समस्या भएको उनीहरुले बताएका छन् । किसान हिर वहादुर ऐडिले भने, यहि पेशाबाट घर खर्च देखि छोराछोरीको पढाइ खर्च सहज रुपले चलेको थियो । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको लागि उनले अनुरोध समेत गरेका छन् । गुठिचौर २ का वडाध्यक्ष दिपवहादुर ऐडिले स्थानीय सरकारबाट हुने सहयोग गरिने जानकारी गराए । वडामा रकम नभएकाले पालिकामा रहेको विपद् शाखामा कुरा राख्ने उनको भनाइ छ ।

अन्य समाचार

+ There are no comments

Add yours