मध्यपहाडी लोकमार्ग अभियान सामाजिक रूपान्तरणसँग जोडिएको छ : प्रचण्ड

काठमाडौँ ।
sharethis sharing button

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरिएको बताएका छन् ।

उनले स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको दाबी गरे ।

अभियान अन्तरगत दैलेखको राकम कर्णालीमा आइतबार आयोजित जनसंवाद कार्यक्रममा उनले सुशासन प्रवर्द्धन गर्न र आवश्यकता परे भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए । उनले भने, ‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो । मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियान सँग जोडिएको छ।’

सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको भन्दै प्रचण्डले अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको बताए ।

अन्य समाचार

+ There are no comments

Add yours