रारामा पाँच ट्रेल–रन जेठ ९ गते रारा तालको किनारामा हुने भएको छ ।

हनुमान ध्वज गुल्म राराका गुल्मपति खीमबहादुर अधिकारीका अनुसार नेपाली सेनाको आतोजनामा यहि जेठ ९ गते बिहान ७ बजे सुरु गरिने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने खेलाडीलाई २० हजार पुरस्कार, प्रमाणपत्र र मेडलको ब्यवस्था रहेको छ । उनका अनुसार रारा ट्रेल– रन प्रतियोगितामा सहभागी हुन आउने खेलाडीले जेठ ४ गतेदेखि ८ गतेको बिहान १० बजेसम्म अफ्नो नाम दर्ता गराउन सक्नेछ्न भने उनिहरुको मेडिकल जाँच सोहि दिन १२ बजे गरिने र इभेन्ट बृफ ३ बजे हुने गुल्मपती अधिकारीले बताए ।
उनले भने, दौड जेठ ९ गते बिहान ७ बजे सुरु हुने र दौडमा सहभागी हुने खेलाडीले मौसम सुहाउँदो खेल पोषाकमा उपस्थिती हुनुपर्ने छ । मेडिकल जाचमा दौडका लागी स्वस्थ नदेखिएका व्यक्तिलाई दौडमा सहभागी गराइने छैन । रारा ट्रेल रन प्रतियोगिता नेपाली सेनाले वर्षेनी रारामा आयोजना गर्दै आएको छ ।




+ There are no comments
Add yours