मान्मा आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

डोल्पा ।

 डोल्पाको ठुलिभेरी नगरपालिका-२ मा पर्ने मान्मा आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सामाजिक सञ्जालमा सहयोग संकलन गरेर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कापी, कलम, जुत्ता, मोजा लगायतका सामग्री वितरण गरिएको हो । जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर अखण्ड उपाध्यायले सुरुमा आफैले पैसा उठाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि विभिन्न व्यक्तिबाट आर्थिक सहयोग जुटेको थियो ।

संकलित ८० हजार ६ सय ५६ रकमबाटै शैक्षिक सामग्री लगायतका सामग्री खरिद गरेर वितरण गरिएको हो, यसरी सहयोग पाउनेमा धेरैजसो विपन्न र दलित विद्यार्थी छन् डाक्टर उपाध्यायले भने । म एक पटक त्यो विद्यालय पुगेको थिएँ, सामान्य कापी कलम किन्न नसक्ने अवस्थाका विद्यार्थी पनि देखेँ, त्यही भएर सहयोग उठाइएको हो ।

वितरण गरेपछि पनि शैक्षिक सामग्री बचेकाले लेखेर सक्ने विद्यार्थीलाई उसको कपी कलम चेक गरेर थप उपलब्ध गराउने विद्यालयले जनाएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा वडाध्यक्ष कमलबहादुर क्षेत्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ओमप्रसाद रोकायको उपस्थिति थियो ।

अन्य समाचार

+ There are no comments

Add yours