रुसमा आगलागी हुँदा पाँच जनाको मृत्यु

रुसको एक अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

रुसको अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। आगलागीमा अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।

प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत् चुहावट भई आगलागी भएको देखाएको छ। स्थानीय समयअनुसार बिहान ३ः१० मा अपार्टमेन्टको एउटा भान्सामा आगो लागेपछि आगोको लप्कासँगै धुवाँको मुस्लो जमिनभन्दा धेरै माथिसम्म देखिएको थियो।

आगलागीका कारण तीन पुरुष र एक महिलाको घटना स्थलमा नै मृत्यु भएको र एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। उक्त भवनबाट १७ जनालाई उद्धार गरी सुरक्षितस्थलमा लगिएको छ।

आगो  नियन्त्रणमा आइसकेको र घटनाको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। (रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *