शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल

शिक्षकहरूसँग सहमति गर्ने तर, विधेयकमा अर्को विषय आएको भन्दै पौडेलले हुनै नसक्ने कुरा राखेर शिक्षकहरूलाई झुक्याउन नहुने बताएका उनको भनाइ छ ।शिक्षकहरूको बढुवाको विषय चन्द्रमामा घडेरी किनेर घर बनाउने जस्तै भएको जानकारी दिँदै शिक्षकहरूको बढुवा हुनै नसक्ने खालको बनाउन खोजिएको भन्दै त्यो सच्याउनुपर्नेमा उनले जोड दिए ।

‘चन्द्रमामा घडेरी किनेर घर बनाउने सरह भएको छ । यसरी बढुवा हुने सम्भव नै हुँदैन । हुनै नसक्ने कुरालाई राखेर बुद्धिजीवीहरूलाई झुक्याउने कुरा होइन,’ पौडेलले भने ।

निजी विद्यालयको हकमा निश्चित समय राखेर संविधान अनुसार शैक्षिक गुठीमा लैजानुपर्ने बताए । संविधानले नै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिएको भन्दै त्यही अनुसार निजीलाई निश्चित समय दिएर अघि बढ्न सकिने उनले बताए ।
कार्यकारी र विधायिकी बसेर शिक्षक महासङ्घसँग गरेको ९ बुँदे सहमतिलाई समितिमा पेस गर्नुपर्ने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *