भुर स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषित

 जाजरकाेटकाे भेरी नगरपालिका–९ स्थित भुर स्वास्थ्य चौकीलाई ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ । भुर चौकीले पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकाअनुसार तोकिएका १० मापदण्ड र १६ वटा सूचकहरू पुरा गरेपछि यस्तो घोषणा गरिएको हो ।

निर्देशिकामा उल्लेख गरिएका मानव संसाधन व्यवस्थापन, ऊर्जा, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन, औषधीको सुरक्षित प्रयोग, सामाजिक सचेतना तथा भौतिक पूर्वाधार व्यवस्थापनजस्ता मापदण्डहरू भुर चौकीले पूरा गरेको भेरी नगरपालिका–९ का वडाध्यक्ष हिराप्रसाद शर्माले जानकारी दिए ।

नियमित गर्भजाँच, बालविकास अनुगमन, समयमै स्तनपान, भिटामिन ए र जुकाको औषधि वितरण, ६ महिनासम्मको पूर्ण स्तनपान, त्यसपछि पुरक आहार, पूर्ण खोप, किशोरीलाई फोलिक एसिड, झाडापखालाका बेलामा जिंक चक्की र ओआरएसको प्रयोगजस्ता १६ वटा सूचकहरू सफलतापूर्वक पूरा गरिएको स्वास्थ्य चौकी इन्चार्ज लालबहादुर खड्काले बताए ।

उनले पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकामा १५ देखि १६ अंक प्राप्त गरेको स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सकिने व्यवस्था भएको जानकारी दिँदै उनले यस संस्थाले राम्रो अंक प्राप्त गरी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको बताए । यसअघि कुदु स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *