दीपा शाहीलाई ‘उत्कृष्ट महिला मोडेल

 रुकुम पश्चिमको आठबिसबोट निवासी मोडेल दीपा शाहीले ‘उत्कृष्ट महिला मोडेल’ अवार्ड पाएकि छिन् ।

साधना म्युजिक क्रिएशनको प्रस्तुति “पाँचौँ राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) – २०८१” मा मोडेल शाहीलाई ‘उत्कृष्ट महिला मोडेल’ को अवार्ड प्रदान गरिएको हो। समीक्षा अधिकारीको स्वरमा सजिएको लोकप्रिय गीत ‘कस्ती थियौ, कस्ती भयौ’ मा प्रभावशाली अभिनय प्रस्तुत गरेपछि शाहीले यो सम्मान हात पारेकि हुन्। चलचित्र विकास बोर्डमा आयोजित भव्य कार्यक्रममा आकर्षक सुटमा ग्ल्यामरस अवतारमा देखिएकी शाहीको गीतको भाव, अभिनय र प्रस्तुतीकरणमा उनले दर्शक तथा निर्णायकको मन जित्न सफल भएको आयोजकले जानकारी दिएको छ।

उक्त कार्यक्रममा विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो। संगीतकर्मी, गायक गायिका, मोडेल, निर्देशक लगायतका प्रतिभाहरू सम्मानित भएका थिए । पुरस्कार ग्रहणपछि शाहीले यो सम्मानले म अझ प्रेरित भएको बताइन् । समीक्षा अधिकारी जस्तै प्रतिभाशाली गायिकाको गीतमा काम गर्न पाउनु गर्वको कुरा भएको उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *