साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ ।
यसअघि सोमबार २३ अंकले बढेको बजारले मंगलबार पनि निरन्तरता पाउँदा आज नेप्से परिसुचक २५.०७ अंकले बढ्दै २६ सय ७८ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कुल ३ सय ११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब १६ करोड माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ९६ कम्पनीको सेयरमूल्य बढ्दा ५२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरमूल्य बढेकामध्ये ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समुहको उपसुचकहरुमा हरियाली छाएको छ ।
+ There are no comments
Add yours