अस्ट्रियाको एक विद्यालयमा गोली चल्यो

काठमाडौं ।
अस्ट्रियाको ग्रात्ज शहरस्थित एक विद्यालयमा गोली चलेको छ ।

अस्ट्रियाली सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै उक्त गोलीकाण्डमा धेरै व्यक्तिको मृत्यु भएको उल्लेख गरेको छ ।

बीबीसीका अनुसार, घटनामा केही विद्यार्थी र शिक्षकहरू पनि हताहत भएका छन् ।

गोली चलाउने अभियुक्तले पछि विद्यालयको शौचालयमा आत्महत्या गरेको अनुमान गरिएको छ ।

अस्ट्रियाली प्रहरीले गोलीकाण्ड ग्रात्ज शहरको एक संघीय उच्च माध्यमिक विद्यालयमा भएको पुष्टि गरेको छ । उक्त विद्यालय रेल स्टेशन नजिकै रहेको प्रहरीले विवरणहरूमा उल्लेख गरेको छ ।

अन्य समाचार

+ There are no comments

Add yours