क्यालिफोर्नियाका गभर्नर गेभिन नुजुमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले १०औं संशोधनअन्तर्गत राज्य सरकारको अधिकारमा ‘अतिक्रमण’ गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
ट्रम्प प्रशासनको जालमा नपरून् भन्दै यसअघि नै लस एन्जलसकी मेयर करेन बासले एक्समा पोस्ट गर्दै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा विरोध गर्न आह्वान गरेकी छन्। ‘शान्तिपूर्ण रूपमा विरोध गर्नुहोस्। लुटपाट र तोडफोड सहन गरिने छैन’, उनले भनेकी छन्।
प्रदर्शनका क्रममा त्यहाँको सुरक्षा निकाय ‘नेसनल गार्ड’को तैनाथीका सन्दर्भमा क्यालिफोर्नियाका गभर्नर नुजुम र एलएका मेयर बासले निन्दा गर्दै परिस्थिति सम्हाल्न स्थानीय प्रहरी सक्षम रहेको जनाएका थिए ।
+ There are no comments
Add yours