चार्टड क्यापिटल एण्ड इन्भेष्टमेन्टले १०१ करोडको लगानी विस्तार गर्दै

काठमाडौँ चावहीलमा रहेको चार्टड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडले १०१ करोडको लगानी विस्तार गर्दैछ । बुधबार कम्पनीले लगानीकर्ता भेटघाट कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२/८३ मा विभिन्न क्षेत्रहरुमा १०१ करोडको लगानी गर्ने अध्यक्ष चद्रसिंह साउदले बताए ।

अध्यक्ष साउदका अनुसार लागानीको ४० प्रतिशत दोस्रो बजार(secondary market) गरिने छ । जसमा  सेयर बजार, इक्विटी आदिलाई समाबेश गरिएको छ । किनकी छोटो र मध्यम अवधिमा पनि प्रतिफल प्राप्त गर्न सकियोस् । यस्तै ४० प्रतिशत लगानी वास्तविक क्षेत्र (Real Sector) को  उत्पादनशील उद्योगहरुमा लगानी गरिने छ । यसले लगानीको दीर्घकालीन मूल्य सिर्जना गर्न सकियोस् ।

अर्को बाँकी २० प्रतिशत आरक्षित् कोष  ( Reserve Equity ) का रुपमा राखिनेछ । जसले तरलता , वित्तीय स्थायित्व र आकस्मिक लगानी अवसरहरुको सदुपयोगका लागि तयारी गर्न सकिनेछ ।

नयाँ लागानीको स्रोत विद्यमान सेयरधनीहरुबाट , नयाँ सेयरधनीहरु र केहि रकम बैंक लोनबाट व्यवस्थापन गरीने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार प्रस्तावित परियोजनाहरु लाभदायक , जोखिम नियन्त्रित र दीर्घकालीन टिकाउका रहेका छन् । यसमा लगानीकर्ताहरुलाई १०० प्रतिशत प्रतिफल र वार्षिक लाभांशको सुनिश्चिचतता पर्दान गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *