विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँ : शिक्षामन्त्री पन्त

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तीर्ण नभई एनओसी दिने नहुने बताएका छन् । आज सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु नहुने बताए । उनले भने, ‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु हुँदैन भन्ने मेरो मान्यता बलियो हुँदै गइरहेको छ । न उमेर पुगेको हुन्छ, भन्न मिल्छ कि मिल्दैन, कतिपय कन्सलटेन्सीहरुले १०,१२,१५ लाख लिएर कोरियामा जानसाथ यति लाखको जागिर पाइन्छ भनेर पठाइदिएका छन् । ती युनिभर्सिटीहरू राम्रा होइनन् भन्नेछ । रोक्न खोज्यो सकिएन । यो अवस्थामा हाम्रो उच्च शिक्षा छ । बैँकबाट हेर्दा १ खर्ब केही अर्ब पुग्ला तर अवैध रूपमा उनीहरूले लैजाने पैसाको हिसाब हेर्दा २ खर्ब गइरहेको छ । सकिन्छ सकिँदैन तर राष्ट्रले एकमत भएर बोल्ड निर्णय गर्नुपर्छ ।’

मन्त्री पन्तले विदेश मोहलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, ‘एक्स्ट्रा ट्यालेन्ट छ, राम्रो युनिभर्सिटीबाट छात्रवृत्ति पाउँछ, प्लस टु गरे पनि पठाइदिउँ । तर होइन भने नपठाऔँ । १ करोड खर्च गर्नेलाई ट्रम्पले बोरा बोकाएर पठाएको त देखिहाल्नुभयो । सम्भव भएसम्म राजनीतिक दलहरूले एकमत भएर निर्णय गरेन भने एउटा मन्त्रीले मात्रै सक्दैन । यो प्लस टु पास गर्नासाथ विदेश जाने कुरा रोक्न । होइन भने देशको भविष्य ध्यानमा राख्ने हो भने कमसेकम डिप्लोमा पास नगरी एनओसी दिने कुरा रोक्नुपर्छ । अहिलेको परिस्थितिले त्यही देखाउँछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *