०८३ मंसिरअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : गगन थापा

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८३ साल मंसिर अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् । शनिबार काठमाडौं आयोजित कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिको कार्यक्रममा उनले ०८४ सालको आमनिर्वाचनपछि अधिवेशन धकेलिने भ्रमबाट बाहिर निस्किन आग्रह गरे ।

हामी २०८३ साल मंसिरभन्दा अगाडि नै हामीले अधिवेशन गरिसक्नुपर्छ । तपाईंहरू कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस्, उनले भने ।

उनले महाधिवेशन सार्दा अदालती समस्या हुने बताए । कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ सालको मंसिर रहेको तर त्यहाँसम्म पुर्‍याउन नहुने बताए ।

नेपाली कांग्रेस पार्टीले आफूले चाहेर, हामी सबै मिल्यौँ ल, पार्टी सभापति शेरबहादुर देउवादेखि अहिलेका भुतपूर्व पदाधिकारीहरू एउटा समूह बनेको छ, सबै मिल्यौँ ल, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भन्यौँ भने पनि त्यो अदालतले लगेर देखाइदिन्छ । पाइँदैन, उनले भने ।

महामन्त्री थापाले भ्रातृ संस्थाको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताए । नेविसंघ, तरुण दल, महिला संघले अधिवेशन गर्न चाहे पार्टीको पूर्ण सहयोग हुने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *