कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमतीका एक-दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतबार









