काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक संजालमा एक पोष्ट गर्दै बिनासर्त इरानलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । उनले भने, “हाम्रो धैर्यताको बाँध अब टुट्न लागेको छ, बिनासर्त आत्मसमर्पण गर ।” तत्कालका लागि इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई बिना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिएका हुन् ।
तत्काल उनको ज्यान सुरक्षित रहेको भन्दै ट्रम्पले खमिनीलाई यस्तो सुझाव दिएका हुन्। यो सजिलो लक्ष्यमा अगाडि बढे अहिले उनी सुरक्षित भएको उनको भनाइ छ। इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ। अहिले धेरै इरानी तेहरान छाड्न चाहिरहेका छन्।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार








