भीरबाट लडेर घाइते सहकारी अध्यक्षको मृत्यु

कालीकोट ।

 कालीकोट जिल्लामा भीरबाट लडेर गम्भीर घाइते भएका नरहरीनाथ गाउँपालिका–५ का राजेन्द्र सहकारीको उपचारका क्रममा मृत्यु भएको छ ।

घरका लागि काठ लिन आउँदै गर्दा भीरबाट लडेर सहकरी गम्भीर घाइते भएका थिए । गाउँपालिकाको सहयोगमा २५ वर्षीय घाइते सहकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । तर उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उनका आफन्त बिरेन्द्रवहादुर बुढाले सहकारी घर निर्माणका लागि दार बोकेर ल्याउँदै गर्दा भीरबाट लडेर घाइते भएका थिए ।

गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टको पहलमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टरको व्यवस्था गरेर तत्काल उद्धार गरियो । तर बचाउन नसकिएको बुढाको भनाइ छ । गाउँपालिका अध्यक्ष बिष्टले सहकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उपचारको क्रममा सहकारीको मृत्युपछि नरहरीनाथ गाउँपालिका स्तब्ध भएको छ ।

अन्य समाचार

+ There are no comments

Add yours