नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ ।
हेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ । चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन् ।
तर जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो । उनी दाङ- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
+ There are no comments
Add yours