काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार, नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ९४ लाख कित्ता सेयर ११ अर्ब २३ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ । पञ्चकन्या माई हाइड्रोपावरमा ९.९८ प्रतिशतले सर्किट लागेको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८५ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
बुटवल पावर कम्पनीको ५८ करोड ०९ लाख, सिंगटी हाइड्रो इनर्जीको ४७ करोड ९१ लाख, सानिमा माई हाइड्रोपावरको ४२ करोड १७ लाख, राधि विद्युतको ३५ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
+ There are no comments
Add yours