सरकारले सदनलाई हेप्यो : हितराज पाण्डे

काठमाडौँ ।
messenger sharing button
 नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन् ।

उनले कार्यसूची आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए । उनले सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार बेखबर रहेको बताए । उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने रु भन्दै प्रश्न गरे ।

उनले भने ‘सरकारले यो सदनलाई यत्ति हेपेको छ । यसको बयान गरी साध्य छैन । बारम्बार हामीलाई कार्यसूची आउँछ । फेरि कार्यसूची हटाइन्छ । कारण सोध्दा मन्त्रीको उपस्थिति छैन । सदनमा आन्दोलन भएको यत्रो समय भयो । त्यसको जबाफदेही पनि छैन । सम्माननीय प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुभयो । आजको कार्यसूचीमा पनि मन्त्रीहरू सबै उपस्थित हुनुहुन्न । यो विषयवस्तु संसदले नै हेर्नुपर्ने विषयवस्तु हो । मन्त्रीहरूको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन । यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो । नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने । कहाँ सम्मको अन्याय हो यो ।’

उनले बजेटको कितव नआउँदा खर्च कटौतीको प्रस्ताव दिन नपाएको गुनासो गरे ।

अन्य समाचार

+ There are no comments

Add yours