अवैध जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेत प्रहरीले ३५ बोरा अवैध रुपमा ओसारपोसार गर्न लागिएको जडिबुटी नियन्त्रणमा लिएको हो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बसपार्कबाट भे. १ च. ३५९२ नं. को गाडीबाट प्रहरीले ३५ बोरामा दुई क्वीन्टल ९१ किलो १०० ग्राम अवैध जडिबुटी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जुम्लारोडबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी शङ्का लागेर जाँच गर्दा बिना पूर्जी बिल बिजकको झ्याउजस्तो देखिने अवैध जडिबुटी फेला पारी नियन्त्रणमा लिइको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।
बिल भर्पाइमा सिन्की, गुन्द्रुक खुल्न आएको भएपनि जडिबुटी भेटिएपछि चालकसहित गाडी नियन्त्रणमा लिएको उनले जानकारी दिए । प्रवक्ता बुढथापामा अनुसार गाडी चालक प्यूठान जिल्लाका ३५ वर्षका सुमन घर्तीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाइएको छ ।
+ There are no comments
Add yours