तातोपानीमा सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

जुम्ला । 

जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं २ को सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिक सुनुवाइ तथा आगामी आवको सुझाव सुंकलन कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका ६० वटा वडामध्य तातोपानी-२ ले सुशासन पारदर्शशिता र नागरिकको सूचना पाउने हक अधिकारलाई प्रत्याभुति दिलाउने गरि सार्वजनिक सुनुवाई गरेर एक गतिलो उदाहरण पेश गरेको छ । यस्ता कार्यक्रमको निरन्तरता दिन आबश्यक छ । शनिवार वडा कार्यालयको आयोजना तथा गिडिदह मिडिया प्रा.लीको सहजीकरणमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव मीन बहादुर डाँगीले वार्षिक गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुत गरे । पालिकाबाट वडामा आएको ५० लाख बजेटबाट निर्माण भएका विभिन्न योजनाको भौतिक तथा पुजिगत प्रगतिबारे उल्लेख गरे । खुलाशत्रमा सहभागीहरुले वडाले विगतको तुलनामा जनमैत्री काम गर्ने प्रयास गरिरहेको र अझै प्रभावकारी काम गर्न सुझाव दिए । माग भन्दा पनि आबश्यकतामा आधारित योजना निर्माणमा जोड दिन समेत सहभागीको आग्रह छ । त्यस्तै आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विशेषगरी आबश्यकतालाई मध्यनजर गरि कृषि,शिक्षा,पर्यटन र स्वास्थ्यका सवाललाई प्रथामिकता दिएर बजेट ल्याउन सुझाव दिएका छन् । वडाका सबै बस्तिमा सचेतना मुलक संचालन गरि वडाको विकासमा प्रेरित गराउनु पर्नेमा समेत जोड दिएका छन् ।

खुला सत्रमा उठेका प्रश्न तथा जिज्ञासाको संबोधन गर्दै तातोपानी गाउँपालिका वडा नं २ का अध्यक्ष चन्द्रमान बुढाले सिमित स्रोत साधनका बीच नागरिकका सबै खाले आबश्यता पुर्ति गर्नु फलामको चिउरा चपाउनु जस्तै मुस्किल रहेको बताए । उनले भने, नागरिकबाट निकै राम्रा सुझाव आएका छन् । सबै कुराको यसै वर्ष संबोधन नभएपनि अर्को वर्ष अनिवार्य रुपमा संबोधन गर्ने छौ । सकरात्मक सहयोग र रचनात्मक सुझाव दिन जरुरी छ । वडाध्यक्ष बुढा आफ्नो बुद्वि,विवेक क्षामतानुसार वडा पालिकालाई नमुना बनाउन प्रयास गरेपनि गाउँकै बृद्वि जीवि अघि पछि कुरा काट्ने व्यक्तिबाटै सहयोग नपाएको वडाध्यक्ष बुढाको गुनासो छ । रचनात्मक सल्लाह सुझाव कहिले नदिने तर चिया चौतारामा कुरा काट्ने प्रवृत्ति भएकाहरुले सधै सहयोग गरेको उल्लेख गरे ।

कार्यक्रममा गाउँपालिकाका प्रशासन अधिकृत अंगराज डाँगीले अघिपछि आर्दशका कुरा गर्नेहरु सार्वजनिक सुनुवाईनआएर वडालाई असहयोग गरेको बताए । उनले भने, अघिपछि वडाको विकास र समृद्वीको गफ चुट्नेहरु धेरै देखेको छु । कुरा काट्ने पनि उतिकै छन् । तर सूचना गर्दा पनि सुझाव सल्लाह दिन आउन कन्जुसाई गर्नेहरुबाट समाज रुपान्तरणको आशा गर्न सम्भव छैन् । पालिकाका ८ वटा वडामध्य तातोपानी-२ ले नागरिकको सूचनाको हकको प्रत्याभुति दिलाउन सुशासन पारदर्शिता कायम गर्न गरेको काम प्रति खुसी व्यक्त गरे । कार्यक्रममा जर्म्मिि,बाबिरा,सुन्दरगाउँ र डाँगीबाडाका स्थानीय नागरिक उपभोक्ताका पदाधिकारी लगायतको सहभागिता थियो । भने सहभागी सबैलाई कार्यक्रममा कार्यपालिका सदस्य सन्तादेवि बुढाले स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिईन् ।

अन्य समाचार

+ There are no comments

Add yours