संसदमा प्रधानमन्त्री अनुपस्थित भएको भन्दै आलोचना

 संसदमा आज विनियोजन विधेयकमाथिको छलफलका क्रममा आजपाका अध्यक्ष तथा सांसद प्रभु साहले सरकारमाथि तीव्र आलोचना गर्दै सरकार र भ्रष्टाचार पर्यावाचीजस्तो बनेको आरोप लगाएका छन्।

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको बताए। उनले प्रश्न गरे, ‘प्रधानमन्त्री आफैं अनुपस्थित हुँदा उहाँले बजेटको महत्त्व कति बुझेका छन् ? संसदलाई जवाफ नदिने उहाँ जनउत्तरदायी कसरी हुन सक्नुहुन्छ ?’
सांसद साहले प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै भने, ‘उहाँ भन्नुहुन्छ म देशको झोले, तर राष्ट्रवादी दाबी गर्ने प्रधानमन्त्री विदेशीलाई नागरिकता दिने कानुन ल्याउन लागिपर्नुभएको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *