राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा आइतबार पनि वेल घेराउ र नाराबाजी गरेको छ।
रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ ।
रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा अडान दोहोर्याए । त्यस्तै राप्रपाका शांसद धवल शमशेर राणाले चैत १५ को आन्दोलनमा मञ्चमा अश्रुग्यास हानेर राज्यले हिंसा मच्चाएको आरोप लगाए ।
+ There are no comments
Add yours