भारतस्थित नेपाली राजदूतवासले ३५ जना नेपालीहरुको उद्धार गरको छ । आफ्नो जागिरको प्रलोभनमा परि भारतको उत्तराखण्डको काशीपुर पुर्याई बन्धक बनाइएका ३५ नेपालीहरूको शनिबार दूतावासले उद्धार गरेको हो ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड पुर्याइएका युवाहरूलाई कुटपिट र यातना दिँदै रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जनाएको छ ।
+ There are no comments
Add yours