खाडीका उडान रद्द भएपछि विमानस्थलमै अलपत्र यात्रु 

  खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् ।

इरानले कतारमा आक्रमण गरेपछि  खाडी मुलुकका उडान रद्द भएका छन् । राति ११ बजेदेखि यात्रुहरू विमानस्थलमै अलपत्र बनेका छन् ।

सोमबार राति ११ बजे कतारको दोहा उड्न लागेको नेपाल एयरलाइन्सको विमान आज  मध्याह् १२ बजेका लागि ताेकिएकाे छ ।

नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।

सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो । त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका हुन् ।

उनीहरु सोमबार राति विमानस्थलमै सुतेका थिए । राति १  बजेतिर पहरीले उनीहरुलाइ त्यहाँबाट हटाएको थियो ।

हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले खाडी मुलुकको उडानले निरन्तरता पाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *