बराहतालको बजेट ६३ करोड ७ लाख ४८ हजार

सुर्खेत ।

 बराहताल गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठक आज सम्पन्न भएको छ । अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ।

बैठकमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि जम्मा रु. ६३ करोड ७ लाख ४८ हजार ९९९ बराबरको बजेट प्रस्तुत गरिन । प्रस्तुत बजेट तथा नीति कार्यक्रममाथि आगामी बैठकहरूमा छलफल हुने जनाइएको छ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक संरक्षणलाई प्राथमिकता दिने गरी बजेट विनियोजन गरिएको जानकारी दिइएको छ।

बैठकमा जनप्रतिनिधि, गाउँकार्यपालिकाका सदस्यहरू, विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अन्य समाचार

+ There are no comments

Add yours