बजेट विवरण अनुसार चालु तर्फ ४५ करोड ७० लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १० करोड ७३ लाख ७७ हजार ४ सय २९ रुपैयाँ ३० पैसा छुट्याइएको छ ।
नगर प्रमुख लोमन शर्माले स्थानीय विकासलाई दिगो र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै, “सेवा प्रवाह प्रभावकारी बनाउन प्रशासनिक संरचना मजबुत पार्न चालु खर्चमा उच्च विनियोजन गरिएको हो,” भन्ने धारणा राखे। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको जानकारी दिए ।
त्यसैगरी, उपप्रमुख तप्ता थापाले बजेटले सामाजिक न्याय, समावेशिता र महिला सशक्तीकरणमा केन्द्रित कार्यक्रमहरू समेटेको बताइन्। “समाजको हरेक तहलाई समेट्ने प्रयास गरिएको छ, महिला, बालबालिका, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि छुट्टै कार्यक्रमहरू बजेटमा समावेश गरिएको छ,” उपप्रमुख थापाले भनिन्।
यस वर्षको बजेट नगरवासीसँग सल्लाह, वडास्तरीय योजना सङ्कलन र विशेषज्ञको सुझावका आधारमा तयार गरिएको नगर कार्यपालिकाले जनाएको छ। नगरपालिकाले शिक्षा क्षेत्रमा आधारभूत संरचना सुधार, स्वास्थ्यमा औषधि तथा उपकरण व्यवस्थापन, कृषि प्रवर्द्धनका लागि अनुदान तथा तालिम, युवा लक्षित स्वरोजगार कार्यक्रम र सडक तथा खानेपानी योजनालाई बजेटमा समावेश गरेको छ।
+ There are no comments
Add yours