दैलेखका ११ स्थानीय तहकाे बजेट सार्वजनिक

दैलेख ।
  आर्थिक वर्ष २०८२/०८३ का लागि दैलेख जिल्लाका ११ वटा स्थानीय तहहरूले आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार दुल्लु नगरपालिकाले सबैभन्दा धेरै १ अर्ब ८ करोड ८१ लाख रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ भने सबैभन्दा कम बजेट ठाटीकाँध गाउँपालिकाको ४२ करोड १५ लाख ३१ हजार रुपैयाँ मात्र रहेको छ ।

स्थानीय तहअनुसार बजेट विवरण यस्तो छ

  • दुल्लु नगरपालिका – रु १,०८,८१,४९,०००
    – नारायण नगरपालिका – रु ५६,४४,६९,४२९
    – आठबीस नगरपालिका – रु ५५,८८,६१,५८५.७८
     चामुण्डाविन्द्रासैनी नगरपालिका – रु ४८,४३,०३,०८८
    – गुराँस गाउँपालिका – रु ७३,६१,४४,९५५.२४
    – डुङ्गेश्वर गाउँपालिका – रु ४१,८१,७२,९२३
    – भगवतीमाई गाउँपालिका – रु ५६,४५,५७,२२४
    – नौमूल गाउँपालिका – रु ४५,०८,६७,४५५
    – महावु गाउँपालिका – रु ४९,४०,४२,७२२
    – भैरवी गाउँपालिका – रु ४९,९९,९०,०००
    – ठाटीकाँध गाउँपालिका – रु ४१,१५,३१,०५९

बजेटहरू सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूबाट प्राप्त जानकारीका आधारमा संकलन गरिएको हो । दैलेख जिल्ला भरिका पालिकाहरूले आ–आफ्नो प्राथमिकता अनुसार पूर्वाधार, शिक्षा, कृषि, स्वास्थ्य, स्थानीय विकास, रोजगारी सिर्जना र सेवा प्रवाह सुदृढीकरणमा बजेट विनियोजन गर्ने जनाएका छन्  ।

अन्य समाचार

+ There are no comments

Add yours