टिप्परको ठक्करबाट विद्यार्थीको मृत्यु

whatsapp sharing button
 सर्लाहीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लालबन्दी–जब्दी सडकखण्ड अन्तर्गतको लालबन्दी नगरपालिका वडा नम्बर ५ मेजरगन्जको चक्रेश्वर महादेव मन्दिर नजिक बुधबार राति टिप्परको ठक्करबाट एक युवकको ज्यान गएको हो ।

सर्लाहीको जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना२ख ५०१ नम्बरको टिप्परको ठक्करबाट कबिलासी नगरपालिका वडा नम्बर ८ अगर्वाका १७ वर्षीय सचिनको साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा हुइँकिदै आएको टिप्परले साइकलमा सवार साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन्। सचिन जनज्योति माध्यमिक विद्यालय लालबन्दीको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । टिप्पर चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *