
कम्पनीको अनुसार, नयाँ क्रेटा EV को आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ। धेरैलाई EV खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ। तर हुन्डाई नेपालले देशमै क्रेटा ICE, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा EV तथा ICE, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या हुने छैन। साथै लक्ष्मी हुन्डाईले EV इकोसिस्टमलाई अझै मजबुत बनाउन RE-Lax चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा RE-Lax DC र AC गरी ६६ चार्जर सुचारु भइसकेको छ। यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (ICE) र EV कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। सोही अभियान अन्तर्गत कम्पनीले ११ असारमा दिनेश फोर हुईल्स् प्रा.लि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा होटल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा EV सार्वजनिक गरेको थियो, जहाँ क्रेटा EV सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिए।
यस कार्यक्रममा ग्राहक वर्गको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय रुपमा देखियो। प्रतिक्रिया र सहभागिता उल्लेखनीय रुपमा रह्यो। कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. अन्तरगत दिनेश फोर हुईल्स् प्रा.लि धनगढी को संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छ। कम्पनीले राष्ट्रको सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर रहेका आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई थप बलियो बनाउने अठोट व्यक्त गरेको छ।


Leave a Reply