मलको हाहाकार छ : मन्त्री अधिकारी

 कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् ।

नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने पनि बताए । उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताए । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पु¥याउनसक्ने स्थिति नरहेको बताए ।

मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बीमा लगायतका धेरै समस्याहरु रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *