२०८३ जेठ ६ , बुधबार

बिहिबार ४.४५ अंकले घट्यो सेयर बजार



sharethis sharing button
 साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ ।

आज बजार ४.४५ अंकले घटेर २५९५.७४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ५ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ७८ करोडको कारोबार भएको छ ।

बिहिबार ९३ कम्पनीको सेयर मुल्य बढेको छ भने १५५ कम्पनीको सेयर मुल्य घटेको छ ।
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार