चौलानी नदीमा बैतडीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–३, सिमारका २६ वर्षीय महेश राना रहेका प्रहरीले जानकारी दिए ।
सोमबार (असार १६) बिहान ६ बजेतिर राना घरनजिकैको चौलानी नदीमा हाम फालेका पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता रानाको खोजीका निम्ति नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
+ There are no comments
Add yours