निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड

निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । आज वाईसीएलको केन्द्रीय पदाधिकारी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए ।

“परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । आज तपाईंहरूले संघीय निजामती विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ,” उनले भने, “यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ ।”

प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याए ।

“यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्‍यौँ । अहिले पनि त्यो प्रवृत्ति जारी छ,” उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *