राज्य व्यवस्था तथा सुशुसान समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा कुलिङ राख्न राष्ट्रिय सभालाई अनुरोध गरेका छन् ।
सभापति खतिवडाले आज एक विज्ञप्ति निकालेरे संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसद्मा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएको बताएका छन् ।
उनले भने, ‘यो सामान्य अवस्था होइन । यस सम्बन्धमा छानबिनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु । त्यसैगरी कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रिय सभालाई अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार








