श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँकेमा श्रीमतीलाई करेन्ट लागेको देखेपछ बचाउन गएका एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसी रहेका छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा हेन्ड पम्पको मोटरबाट पानी तान्ने क्रममा उनको श्रीमतीलाई करेन्ट लागेको थियो । श्रीमतीलाई करेन्ट लागेको देखेपछि खड्कलाल बचाउन गएका थिए ।

करेन्ट लागेर घाइते भएकी जैसीको श्रीमतीलाई भने उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *