राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुकुम पश्चिमको कार्यालय भवन उद्घाटन गरिएको छ ।
बुधबार राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् । यस अवसरमा विभागका निर्देशक थापाले नेपालको समग्र हितका लागि सम्पूर्ण पक्षको एकता र सहकार्य आवश्यक रहेको बताए । उनले राष्ट्रिय सुरक्षा मजबुद बनाउन सबै मिलेर काम गर्नुपर्ने र अनुसन्धान विभाग त्यसको एक हिस्सा भएको उल्लेख गरे । भवन निर्माणको ठेक्का गौरीमाई लियोपार्ड सञ्जीवनी जेभी काठमाडौंले पाएको थियो । तोकिएको मापदण्ड तथा समय सिमाभित्र भवन सम्पन्न गरेर हस्तान्तरण गरेको भन्दै ठेकेदार कम्पनीलाई विभागले कदर पत्र समेत प्रदान गरेको छ । यस अवसरमा भवन निर्माणमा विभिन्न तवरले सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतलाई पनि सम्मान गरिएको छ ।
भवन उद्घाटन कार्याक्रममा विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अनुसन्धान निर्देशक ओम बहादुर खड्का, जिल्ला समन्वय समिति रुकुम पश्चिमका कार्यवहाक प्रमुख देवबहादुुर बिक, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उप प्रमुख बिमल कुमार पुन, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रमुखहरु लगायतको आतिथ्यता रहेका थिए ।


Leave a Reply