होटलभित्र जुवातास खेलिरहेका पाँच जना पक्राउ

डोल्पा जिल्लामा लुकीछिपी जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डोल्पाको सदरमुकाम दुनैस्थित बी एण्ड बी होटलको तेस्रो तलामा बाजी नै लगाएर जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका डीएसपी रुकबहादुर खड्काले जानकारी दिएका छन् । उनका अनुसार यसअघिका घटनामा डोल्पा प्रहरीले जुवातास खेल्ने व्यक्तिहरूलाई पक्राउ गरे पनि मुद्दा नचल्ने अवस्था रहेकोमा यसपटक पहिलो पटक जुवाडेहरूविरुद्ध मुद्दा दर्ताको तयारी गरिएको हो।

जुवाखालबाट नगद एक लाख अठार हजार दुई सय पचहत्तर रुपैयाँ र तासका गड्डीहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले आरोपितहरूले जुवातास खेलेको रकम नगद तथा बैंकमार्फत कारोबार गरेको खुल्न आएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *