जुम्लाको कोईरेलीमा एकघर, एकधारा योजना सम्पन्न

जुम्ला ।

 जुम्लामा वर्षौदेखी खानेपानी अभाव भोगिरहेको हिमा गाउँपालिका वडा नं. २ स्थित कोईरेली गाउँमा एकघर,एकधारा निर्माण भएको छ । खानेपानी विकासलाई प्रथामिकता दिएको हिमाले विकट कोईरेली गाउँमा एक घर,एकधारा निर्माण गरेको हो ।

हिमा गाउँपालिकाको आर्थिक लगानी रसुस्वा परियोजनाको प्राविधिक सहयोगमा कोईरेली गाउँका ४३ घरधुरीमा एकघर एकधारा पुराईएको छ । बुधबार हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले कोईरेली खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् । आयोजनाको उद्घाटनपछि बोल्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमालाई खानेपानी विकासमा कर्णालीकै नमुना बनाउने अठोट लिएको बताए । पछि आउने जनप्रतिधिले खानेपानी विकास कुनै पनि काम गर्नु नपर्नेगरी लगानी गरिरहेका छौ । उनले भने, तीन वर्षको अवधिमा हिमाका १२ सय बढी घरमा एकघर,एकधारा निर्माण भएका छन् । निर्माण भएका योजनाको दिगो संचालन,व्यवस्थापन तथा मर्मत संभारका लागि हामी गम्भीर छौ । खानेपानी योजनाको मर्मत कोषनै खडा गरिसकेका छौ ।

पाँच वर्षभित्र हिमालाई खानेपानीयुक्त पालिका बनाउने गरि काम अघि बढीरहेको र जिल्लाकै पहिलो,पूर्ण सरसफाईयुक्त पालिका बनाउने लक्ष्य रहेको बताए । कोईरेली खानेपानी योजना निर्माणमा हिमा गाउँपालिकाको ६९ लाख ७७ हजार ७७६ रुपैया लगानी गरेको छ । हिमाका ४३ घरधुरीमा स्वच्छ पानीको एकघर,एकधारा निर्माण भएको हिमा गाउँपालिका वास संयोजक सुमित्ता शाहीले बताईन् । उनका अनुसार कोईरेलीले खानेपानी आयोजनामा लगानी नगरेपनि योजना सुरुदेखी निर्माण सम्पन्न हुनेबेला सुस्वा परियोजले प्राविधिक सहयोग गरेको थियो । कूल ६९ लाख ७७ हजार ७७६ लगानी मध्य स्थानीय नागरिकको श्रमदान १३ लाख ३५ हजार ६६४ रुपैया,साथै उपभोक्ता समितिबाट नगद सहयोग १७ लाख ६ हजार र हिमा गाउँपालिकाको ५४ लाख ६६ हजार ११२ रुपेैया गरि कूल ६९ हजार ७७ हजार ७७६ रुपैया लगानीमा एकघर,एकधाारा निर्माण गरिएको कोईरेली खानेपानी आयोजनाका सचिव काली बहादुर रोकायाले बताए । सचिव रोकायाले आयोजना निर्माणको खर्च विवरण सुनाएका थिए ।

खानेपानी आयोजनाबाट कोइरेली गाउँका ४३ घरधुरीका २६१ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । जम्मा महिला ११४ र पुरुष १४७ जना रहेका छन् । पानीकोे मुहान रहेको ओदीगाउँबाट करिब ५ किमी दुरी टाढाबाट पाईप लाईन बिछ्याएर ल्याईएको छ । पानीको स्रोत प्रयाप्त भएपनि लगानी अभावले सदुपयोग नहुँदा स्थानीय पानीको अभाव झेल्न बाध्य थियौ । स्थानीय बल बहादुर रोकायाले भने, हिमा गाउँपालिकाले आबश्यकता मध्यनजर गर्दै लगानी गरेर खानेपानी योजना बनेपछि घरघरमै धारा पुगेका छन् । अहिले खानेपानी अभावको समस्या मात्र टरेको छैन् । नियमित पानीको उपभोगदेखि करेसाबारी सिँचाई,सरसफाईमा पनि सहज भएको छ । घरघरमा धारा पुगेपछि कोईरेलीबासी खुसी छन् ।

खानेपानी योजना निर्माणका अध्यक्ष समेत रहेका बुढाले खानेपानी योजनाको संरक्षण तथा मर्मत संभारमा ध्यानदिनु पर्ने समेत उल्लेख गरे । सुस्वाका वास सल्लाहकार गोविन्द रोकायाले हिमा गाउँपालिकाले खानेपानी विकासमा गरेको काम उदाहरणीय रहेको बताए । सुस्वा परियोजना लागू भएका मध्य कर्णालीमा सबै भन्दा उत्कृष्ट कार्य हिमामा भएको उल्लेख गरे । सुस्वा र पालिकाका् सयुक्त लगानीमा निर्माण भएका करोडौका खानेपानी आयोजनाको दिगो व्यवस्थापन,मर्मत संभार तथा पानी उपभोग ध्यान दिन आबश्यक रहेकोमा जोड दिए । सरसफाई र खानेपानी मानव जीवनको आयू संग जोडिएको विषय भएकोले खानेपानी विकासलाई प्रथामिकतता दिनु पर्नेमा जोड दिए ।

हिमाकी निवर्तमान उपाध्यक्ष हिमाली रोकायाले खानेपानीको चरम अभाव भोगिरहेको कोईरेलीबासीको प्यास मेटाउन घरघरमा पानी पुराएकोमा धन्यबाद दिईन् । नदीको पानीफपिउने बाध्यता थियो । उनले भनिन, महिलालाई विहान बेलुका पानीकै जोहो गर्न धौ हुन्थ्यो । तर ढिलै भएपनि घरघरमा स्वच्छ पानी पुग्यो । अब पानीका दुःख अन्त्य भए । घरघरमा धारा छर्किएका छन् । तरकाी बारिमा सिँचाईफपुगेको छ । आनीवानी परिर्वतन दिनचर्या पनि सहज भएको छ । काकाकूल कोईरेलीमा पानी पुगेपछि स्थानीयबासी उत्साहित भएका छन् । वर्षौपछि घरघरमा खानेपानी धारा पुगेपछि स्थानीहरुले बाजागाजा सहित हर्ष मनाएका छन् ।

 

अन्य समाचार

+ There are no comments

Add yours