लाइसेन्स प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द

 सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवाहरू आजदेखि बन्द भएका छन्। यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको हो।

अनलाइन आवेदन प्रणाली, ईडीएल प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली सबै बन्द गरिएको विभागले उल्लेख गरेको छ। देखिएको समस्या समाधानको काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवा उपलब्ध नहुने सूचनामा उल्लेख छ।

“आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जानकारी गराइन्छ,” विभागले सूचनामा भनेको छ।

विभागले सेवा बन्द हुँदा, यसबाट सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *