घटनामा परेर पर्वत विक, हुम बहादुर थापा, नविन विक र सुनिता गिरी सामान्य घाइते भएका छन् । उनीहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ र अवस्था सामान्य रहेको जनाइएको छ । घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी सह–निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जना प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।



Leave a Reply