हराएको १५ दिनपछी भेरी नदिमा भेटियो विष्टकाे सव

भेरी नदीको किनारामा भेटिएको पुरूषको शव भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतका सवारी चालक हिम बहादुर विष्ट भएको प्रहरी अनुसन्धानमा खुलेको छ। शुक्रबार पौने ४ बजे अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको टोलीले बराहताल गाउँपालिका-४ साजघाट रिङाउस्थित नदीको किनारामा एक पुरूषको शव फेला परेको थियो।

उक्त शव भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतका सवारी चालक विष्टको भएको परिवारले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। उनी असार ५ गतेदेखि बेपत्ता थिए ।

दैलेख चामुण्डाबीन्द्रासैनी नगरपालिका-२ घरका उनी हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्दै आएका थिए। उनले आफू काम गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतमा सवारी चालकको काम गर्ने डिएसपी बुढथापाले बताए ।

उनले असार ५ गते सोही मन्त्रालयको क.प्र.०२-००१ ब. ००७२ नम्बरको मोटरसाइकल लिएर गएका थिए, उनले भने, ६ गते बिहान कार्यालय बिरामी छु भनेर कार्यालय नगएको सूचना प्राप्त भएको छ ।

उनका परिवारले निवेदन दिएपछि खोज तलासको क्रममा असार ९ गते बिहान ९ बजे भेरीगंगा नगरपालिका-२ भेरीपुलदेखि ५० मिटर पूर्वतिर मोटरसाइकल भेटिएको थियो। त्यतिबेलादेखि नै उनको फोन भने लागेको थिएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *